भ्रष्ट्राचार आरोपमा पदच्यूत भएका खड्का सर्वोच्चको शरणमा
काठमाडौं । भ्रष्टाचार आरोपमा पदच्यूत भएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का पुनःबहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गर्न पुगेका छन ।
सरकारले उनलाई निगमको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेकोले खड्काले आफूलाई अन्याय परेको भन्दै पुनःबहालीको लागि सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आपूर्ति मन्त्रालय लगायतलाई विपक्षी बनाई खड्काले वारिस मोतीलाल तामाङमार्फत दायर गरेको निवेदनमा आफूलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न र पुनःबहाली गर्न माग गरिएको छ ।
दायर रिट निवेदनमा भनिएको छ, “कुनै पनि विषयको आरोप लगाएर सुनुवाइको मौका समेत नदिई विभागीय मन्त्रीको ठाडो आदेशमा हटाइएको छ, जुन गैरकानूनी र प्राकृतिक न्यायको सिद्धान्त विपरीत छ ।”
निगमको जग्गा खरिदका विषयमा अनियमितता गरेको आरोपमा मन्त्रिपरिषद् बैठकले खड्कालाई सोमबार पदबाट बर्खास्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्