नवनियुक्त प्रहरी महानिरीक्षक क्षेत्रीले सम्हाले कार्यभार, गृह सचिवले लगाइदिए फूली
काठमाडौं, असार २५ । नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो कार्यभार सम्हालेका छन् । क्षेत्रीलाई बुधबार विहान गृहसचिव गृह सचिव महेश्वर न्यौपानेले दर्जानी चिन्ह प्रदान गरेका थिए ।
गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव न्यौपानेले महानिरीक्षक क्षेत्रीलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।त्यस लगत्तै प्रहरी प्रधान कार्यालय नक्साल पुगेर महानिरीक्षक क्षेत्रीले आफ्नो कार्यभार ग्रहण गरेका हुन ।
उनी नेपाल प्रहरीको २८ औं महानिरीक्षक हुन् ।उनले १८ वैशाख २०७९ सम्म कार्यभार सम्हाल्ने छन् ।
निवर्तमान प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले अवकाश पाएपछि नयाँ प्रहरी महानिरीक्षकका रुपमा क्षेत्रीलाई सरकारले नियुक्त गरेको थियो । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले थापालाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्