आहा ! रारा गोल्डकपः आज आर्मी र धरान क्लब खेल्ने

काठमाडौं – पोखरामा जारी १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेलमा आज त्रिभुवन आर्मी र धरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

यसअघि हिजो भएको खेलमा बंगलादेशको उत्तर बरिन्धरा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।  पहिलो क्वार्टरफाइनल खेलमा सुदूरपश्चिम–११ लाई २–१ ले स्तब्ध पार्दै उत्तर बरिन्धराले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

बरिन्धराले अब सशस्त्र प्रहरी बलको एपीएफ र थ्रीस्टार क्लबबीच हुने क्वार्टरफाइनलको विजेतासँग भोली सेमिफाइनल खेल्नेछ ।

प्रतियोगिताको उपाधि विजेता टिमले ७ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ३ लाख ५१ हजार पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्