यातायात व्यवसायीद्वारा आन्दोलनको घोषणा, माग यस्ता छन्
काठमाडौं , असार २४। कोरोनाका कारण देश यति बेला लकडाउनमा छ तर नेपालमा पनि सरकारले केहि खुकुलो बनाएको छ । तर सार्वजनिक यायाताय भने चलेका छेनन् । यसैबीच नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकार विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।
कोभिड–१९ (कोरोनाभाइरस) का कारण व्यापार व्यवसाय गुमाएका र आर्थिक संकटमा परेका व्यवसायीहरुलाई सरकारले सहयोग नगरेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै महासंघले यसअघि सरकारले बैंकिङ साँवा तथा ब्याज भुक्तानीको समय सीमा थप गरी कर्जाको ब्याजमा २ प्रतिशतको छुटसहित घरभाडा छुटको घोषणा गरेपनि कार्यान्वयन नभएको भन्दै सो प्रतिवद्धता अबिलम्ब पूरा गर्न आग्रह गरेको छ ।
६ सूत्रीय माग राखेको महासंघले व्यवसायीहरुले लकडाउन अवधिको बैंकिको व्याजदरमा शतप्रतिशत छुट पाउनु पर्ने, किस्ता तथा ब्याज तिर्ने भाका कम्तिमा एक वर्ष पछाडि सारिनुपर्ने, पुनर्कर्जा कोषमा साना उद्योग, व्यवसायीहरुको पहुँच सुनिश्चित गरिनुपर्ने, कर्जाको ब्याजदर बढीमा ८ प्रतिशत कायम गरिनु पर्ने, स्प्रेड रेट घटाएर ३.५ प्रतिशत कायम गरिनु पर्ने र लकडाउन अवधिभरको व्यवसायीक घरभाडा पुरै छुट गरिनु र्ने माग अघि सारेको छ ।
सरकार विरुद्धको आन्दोलन घोषणा गरेको महासंघले पहिलो चरणमा भोलि बिहिबार ९ बजे माइतिघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने जनाएको छ । त्यसपछि सरकार कसरी प्रस्तुत हुन्छ सोही अनुसार अघि बढ्ने महासंघको भनाइ छ ।















प्रतिक्रिया दिनुहोस्