प्रिमियर इन्स्योरेन्स २६ करोड ५८ लाख खुद नाफा गर्न सफल

 

काठमाडौं , असार २४। प्रिमियर इन्स्योरेन्स कम्पनीले २६ करोड ५८ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ ।

राजधानीमा हालै सम्पन्‍न साधारणसभामा अध्यक्ष सुरेश लाल श्रेष्ठले संस्थाले गत आर्थिक वर्ष ०७५र७६ मा कुल बिमा शुल्क एक अर्ब ६४ करोड ६७ लाख ८८ हजार रुपैयाँ आर्जन गरी खुद मुनाफा २६ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको बताए ।

कम्पनीको चुक्ता पुँजी एक अर्ब सात करोड ४५ लाख रुपैयाँ पुगेको जनाइएको छ । सर्वसाधारणले सेयरधनीका तर्फबाट दुई सञ्चालकमा केदारनारायण मानन्धर र बलराम श्रेष्ठलाई पुनः निर्विरोध निर्वाचित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्