ग्लोबल आइएमईद्वारा सुदूरपश्चिम सरकारलाई २० लाख सहयोग
काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारलाई नगद २० लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्दप्रसाद भट्टले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।
सो अवसरमा मुख्यमन्त्री भट्टले कोराना रोकथामका लागि प्रदेश सरकारलाई निजी क्षेत्रबाट सबैभन्दा ठूलो सहयोग प्रदान गरेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्