बैंकलाई ब्रोकर लाइसेन्स दिन सिफारिस

काठमाडौं, असार २३ । बैंकका सहायक कम्पनीलाई सेयर बजारको ब्रोकर लाइसेन्स दिन संसदीय उपसमितिले सिफारिस गरेको छ।

संसदको अर्थ समितिले राम कुमारी झाँक्री नेतृत्वमा गठन गरेको उपसमितिले तयार गरेको प्रतिवेदनले बैंकको सहायक कम्पनी पनि सेयर बजारको ब्रोक्रर बन्नसक्ने बताएको हो।

वाणिज्य बैंकको सहायक कम्पनीले आवश्यक मापदण्ड पूरा गरेको खण्डमा धितोपत्र बोर्डले त्यसको लाइसेन्स दिनुपर्ने सिफारिस प्रतिवेदनले गरेको झाँक्रीले बताएकी हुन्।

उनले अर्थसमितिका सभापति कृष्ण प्रसाद दाहाललाई प्रतिवेदन बुझाउँदै अहिले ब्रोकर लाइसेन्स पाएका कम्पनीहरु र बैंकहरुलाई लाइसेन्स दिएपछि एक आपसमा गाप्ने गाभिने नीति समेत अवलम्बन गर्नसक्ने विषय प्रतिवेदनमा उल्लेख गरेको बताइन्।

प्रतिक्रिया दिनुहोस्