दृष्टिविहिन ठकुरीकी ईनर भिजनलाई एशोसिएशनको सहयोग

काठमाडौँ, २० असार । भनिन्छ खाने मुखलाई जुङ्गाले छेक्दैन । यहा नेरी यस्तै भएको छ । आफु नै के खाउँ के लाऔं र त्यो पनि भर्खर २४ वर्ष लाऔ लाऔं र खाऔं खाऔं उमेर । अझै उनी आफैं एक दृष्टि बिहिन हुन् । आफैं एक दृष्टि बिहिन भईकन अरुलाई उद्धार गर्ने व्यक्ति विरलै पाइन्छ हाम्रो समाजमा ।
उ नै एक दृष्टि बिहिन नन्दा सि ठकुरीले ईनर भिजन नेपाल नामक संस्था मार्फत आर्थिक विपन्नता, असहा र टुहुरा बालबालीकाहरुलाई पालणपोषणका साथै शिक्षा दिक्षा प्रदान गर्दै आएकी छन् ।
हाल उनले कर्णालीका अति विकट क्षेत्र दैलेख, कलिकेट आम बाबु नभएको अति आर्थिक रुपले विपन्न १२ जान बाल बालिकाहरुका साथै साथि र बहिनि गरि १५ जान यस संस्थामा राखी लालनपालमन गर्दै आएकी छन् ।
यो संस्था कुनै ठूलो एनजिओ तथा आइएनजिओ सहायताले होइन ! साथिको तलब , आफुले तरकारी व्यपारबाट आएको कमाई र केहि व्यक्तिगत दाताबाट चलेको छ । यी बालबालीकोको पालन पोषण मै उनी दिनरात संघर्ष गरि राखेकी छन् । उनी सेवा नै धर्म हो सेवा गरे मेवा मिल्छ भन्ने पक्षमा छिन् । आफु यस जीवनमा दृष्टिविहिन हुनु परेता पनि दिन दुःखीको सेवा गर्न पाएमा अति नै आनन्दीत भएको बताउँछिन उनी ।

जिन तिन चलेकै थियो विश्वभरी फैलिएको कोराना भाइरस महिनौसम्म भएको बन्दले गर्दा उनी निकै समस्या परेको उनले पीडा पोखिन । कमाई नहाँदा घर भाडा समेत तिर्न नसकिएको र रासनको पनि कमि हुँदै जाँदा यी बालबच्चाहरुलाई के खुवाउने भन्न विरलो छ, उनलाई । यसपिरलोलाई चिर्न दाताहरुको सहयोगको पर्खाईमा छिन उनी ।
अजिंगरको आहरा दैवले पुर्याउँछ भनेझै भएको छ आज यस सस्थालाई नेपाल–ताइवान एशोसिएशनको सहयोग पाउँदा ।

नेपाल–ताइवान एशोसिएशनले दृष्टिविहिन नेपाललाई सहयोग उपलब्ध गराएको छ । काठमाडौँ महानगरपालिका खुशी वहिल तथा त्यस वरपर क्षेत्रका दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने ६० घरपरिवारलाई राहत वितरण गरेको छ । आय आर्जन नभएर दुःख पाएका व्यक्तिलाई प्राथमिकतामा राखेर एशोसिएशनका प्रतिनिधिले सम्बन्धित पक्षलाई प्रत्यक्ष भेट गरी उनीहरुको अवस्था बुझेर राहतस्वरुप चामल, दाल, नुन, तेललगायत खाद्य वस्तु उपलब्ध गराएको हो ।

एशोसिएशनका अध्यक्ष राजु गुरुङ नेतृत्वको कार्य समितिले ताइवानमा बसेर व्यक्तिगत खर्च सङ्कलन गरी स्वदेशमा कोभिड–१९ का कारण अप्ठेरामा परेका केही नागरिकलाई राहत सामग्री उपलब्ध गराइएको कार्यक्रमका संयोजक सुवोधप्रसाद प्रधानले जानकारी दिए । उक्त कार्यक्रमा पन्जा, मास्कलगायतका स्वास्थ्य सामग्री समेत वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्