बझाङमा पहिरो जाँदा सात जना वेपत्ता, १७ घर पुरिए

काठमाडौं, असार २० । बझाङमा पहिरो जाँदा सात जना वेपत्ता भएका छन् भने १७ घर पुरिएका छन्। जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्वर ८ को एक बस्तीमा पहिरो जाँदा सात जना वेपत्ता भएका हुन् ।

गाउँ माथिबाट आएको पहिरोले वडा नम्वर ८ को मल्लेसका १७ घर बगाएको हो ।

बझाङका प्रहरी नायव उपरिक्षक गणेश बमले घटना स्थलमा प्रहरी टोली पठाईएको जानए ।

पानी परी रहेका कारण खोलामा पानीको बहाव बढेका कारण घटनास्थलमा पुग्न समस्या भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्