संघीय संसदको बजेट अधिवेशन अन्त्य, लगत्तै पुगे प्रचण्ड शीतल निवासमा

काठमाडौं , असार १८ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासले मन्त्रिपरिषद्को सिफारिस अनुसार बिहीबार अपराह्न ५ बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिएको छ ।यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्तासमेत गरेका थिए ।वैशाख २६ गते शुरु भएको संसदको बजेट अधिवेशन सर्वाधिक चर्चामा रहेको एमसीसी सम्झौताबारे कुनै पनि निर्णय नगरी अन्त्य भएको छ ।

सामान्यतया संसद राति १२ बजेदेखि अन्त्य हुने सूचना आउने गरेकोमा यो पटक भने अपराह्न ५ बजे नै अन्त्य भएको सूचना जारी भएको छ ।लग्त्तै यता सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्षप्रचण्ड  र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

सरकारले संघीय संसद् अधिवेशन अन्त्यको सिफारिस गरेको डेढ घण्टा नबित्दै सरकारको सिफारिस कार्यान्वयन गरेकिन् राष्ट्रपति भण्डारीलाई भेट्न दाहाल शीतल निवास पुगेका हुन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको छलफलपछि दाहाल राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।भेटवार्तमा विकसित राजनीतिक घटनाक्रम र त्यसको निकासबारे दाहालले छलफल गरेको राष्ट्रपति कार्यालयनिकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्