‘सरकार ढाल्न पाइँदैन’ भन्दै प्रधानमन्त्रीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन
काठमाडौं , असार १८ । सरकार ढाल्न पाइदैन भन्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न पाइदैन भन्दै बिहीबार युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा विदेशी हस्तक्षेपका कारण सरकार ढाल्न खोजिएको भन्दै प्रदर्शनकारीहरुले नारा लगाएका छन् । उनीहरुले प्रधानमन्त्री ओलीको फोटो सहित ‘देशको मुहार फेर्नुछ साथी पार्टी भन्दा राष्ट्र माथी’ लेखिएको ब्यानर लिएर नाराबाजी गरेका थिए । उनीहरुले ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’, ‘वैदेशिक हस्तक्षेप चाहिदैन, सरकार ढाल्न पाइदैन’ लगायतका नारा लगाएका छन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा माग भइरहेका बेला केही कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको समर्थनमा माइतिघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
ओलीको सरकार ढालेर अर्कोलाई प्रधानमन्त्री बनाएर देशका समस्या समाधान नहुने ती युवाले बताए।युवाहरूले सरकार ढाल्न पाइँदैन, हाम्रो समर्थन ओलीलाई जस्ता नारा लगाउँदै प्रदर्शन पनि गरे।
उनीहरूले नेपालको नक्सा, झन्डा र केपी ओलीको फोटो समावेश भएको ब्यानरमा देशको मुहार हाम्रो भविष्य, हाम्रो सरकार लेखेर प्रदर्शन गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्