बारामा चट्याङ लागेर चार महिलाको मृत्यु, पाँच घाइते

काठमाडौं, असार १८ । बाराका दुई छुट्टाछुट्टै स्थानमा परेको चट्याङले चार जना महिलाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । आज बिहान साढे सात बजेको समयमा परेको चट्याङले खेतमा धान रोपीरहेका बाराका ४ महिलाको निधन भएको हो ।

बाराको कलैया उपमहानगरपालिका–१२ की ३५ वर्षीया आशादेवी महतो र सोही ठाउँ बस्ने ४५ वर्षीया हलिमा खातुनको मृत्यु भएको छ । भने, फेटा गाउँपालिका–१ त्रिवेणीका ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनरपति देवी महताको पनि मृत्यु भएको छ ।

बाराका डीएसपी गौतम मिश्रका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएकी महतो र खातुनलाई उपचारका लागि कलैया अस्पताल ल्याउँदा ल्याउँदै बाटोमा नै मृत्यु भएको थियो ।

चट्याङले सोही ठाउँ बस्ने अन्य ५ जना पनि घाइते भएको उनले र घाइतेहरुलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्