नागरिकको सुरक्षामा प्रहरी सधैं तयार: प्रहरी महानिरीक्षक ज्ञवाली
काठमाडौं , असार १७ । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले नागरिकको सुरक्षामा प्रहरी सधैं तयार रहेको बताएका छन् । तर जनताले त्यति सुरक्षाको अनुभुती गर्न भने नपाएइको गुनासो बेला बखतमा आइरहन्छ । महानगरीय प्रहरी परीसर ललितपुरको नवनिर्मित भवनको उद्घाटन गर्दै महानिरीक्षक ज्ञवालीले अन्यायमा परेका नागरिककको न्यायका लागि प्रहरी सधैं तयार रहेको बताए ।
पुननिर्माण प्राधिकरणको सहयोगमा ८ करोड ३१ लाख रुपैयाँको लागतमा चार तले भवन निर्माण गरिएको हो ।
नयाँ भवन निर्माण भएसँगै प्रहरीलाई दैनिक गतिविधि गर्न सहज हुने बताइएको छ । कार्यक्रममा भवन निर्माणमा सहयोग पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्