मञ्जुश्री फाइनान्सले ५० करोडको ऋणपत्र निष्कासन गर्दै
काठमाडौं । मञ्जुश्री फाइनान्सले ५० करोडको ऋणपत्र निष्कासन गर्दैछ।। कम्पनीले ८ वर्ष अवधिको ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो ।
१०.५ ५ प्रतिशत व्यादर रहने उक्त ऋणपत्रको लागि कम्पनीले निष्काशन तथा बिक्रि प्रवन्धकको रुपमा एनआईबिएल एस क्यापिटलसँग सम्झौता गरेको छ ।
चालु आर्थिक वर्षको चैत्र मसान्त सम्ममा फाइनान्सले ८ अर्ब १० करोड निक्षेप संकलन गरेर ६ अर्ब ७० करोड कर्जा लगानी रहेको छ ।
काठमाडौंको नयाँ वानेश्वरमा केन्द्रिय कार्यालय रहेको फाइनान्सको चुक्ता पूँजी ८१ करोड ८१ लाख रहेको छ भने १९ करोड ७२ लाख संचित कोष रहेको छ । ऋणपत्र जारी पश्चात प्राप्त पूँजीबाट संस्थाको थप ब्यापार विस्तार र लगानीकर्ताको प्रतिफलमा उल्लेख्य वृद्धि हुने अपेक्षा रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्