एभरेष्ट इन्सुरेन्सको २५औं वार्षिक साधारण सभा साउन ६ गते
काठमाडौं, असार १६ । एभरेष्ट इन्सुरेन्सले २५औं वार्षिक साधारण सभा साउन ६ गते हुने भएको छ । सभा अग्रवाल भवन कमल पोखरीमा दिउँसो २ बजेदेखि सभा सुरु हुनेछ । न्यूनतम सुरक्षाका उपाय अपनाएर सहभागी हुन पनि सेयरधनीलाई कम्पनीले आग्रह गरेको छ ।
भिडियो कन्फरेन्समार्फत पनि सभामा सहभागी हुन सकिनेछ ।एभरेष्ट इन्सुरेन्सले गत वर्षको नाफाबाट लगानीकर्तालाई कुनै पनि लाभांश भने वितरण नगर्ने भएको छ । यसर्थ, यसपटक सेयरधनीको हात खाली रहनेछ । साधारण सभा प्रयोजनका लागि एभरेष्टले असार २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।
साधारण सभामा कोरोनालाई मध्यनजर गर्दै कम्तीमा १ मिटरको सामाजिक दूरी हुने गरी हाजिरी तथा सभा स्थलमा बस्ने व्यवस्था गरिएको कम्पनीको भनाई छ । सेयरधनीले भिडियो कन्फरेन्स मार्फत पनि धारणा राख्न सक्नेछन् । यसका लागि सभा हुनु भन्दा २ दिनअघि नै कम्पनीमा आफ्नो नाम टिपाउनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्