राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, आधा घन्टा के भयो छलफल ?
काठमाडौं , असार १६ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीवीच भेटवार्ता भएको छ ।विहान साढे १० बजे प्रधानमन्त्री ओली राष्टपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री ओली राष्टपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए ।
ओलीले १० बजेदेखि आधा घन्टा राष्ट्रपतिसँग छलफल गरेका थिए । सरकारका कामकारवाही, ओलीको अभिब्यक्ति र पार्टीभित्रको अन्तरद्वन्द्व उत्कर्षमा पुगेका बेला राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटलाई अर्थपूर्ण रुपले हेरिएको छ । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीवीच वर्तमान राजनीतिक परिस्थिति र नेकपाभित्रको शक्ति सन्तुलनबारे कुराकानी भएको बुझिएको छ ।
यद्पी भेटमा के कुराकानी भयो भन्ने सर्बै बाहिर आएको छैन ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित नेकपा स्थायी कमिटीको बैठकमा सहभागी बन्नुपूर्व प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् । ओलीको अभिब्यक्तिलाई लिएर यति बेला भारतको नयाँ दिल्लीले पनि विशेष चासो ब्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्