सलह किराः क्षति कम गर्ने कदम चाल्न सरकारलाई कांग्रेसको सुझाव
काठमाडौं, असार १४ । नेपालको प्रदेश २ र प्रदेश ५ का विभिन्न जिल्लामा शनिबार सलह प्रवेश गरेको छ ।
कास्की पोखराको महतगौंडा र लमजुङको सुन्दरबजारमा पनि सलह किरा देखिएको छ । बिहान कास्कीको महतगौंडा र लमजुङको सुन्दर बजारमा सलह देखिएको गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ । यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सलह किराको क्षति कम गर्ने कदम चाल्न सरकारलाई सुझाव दिएको छ । कांग्रेसले सलह किराको रोकथाम र नष्ट गरी यसबाट हुने क्षति न्युनीकरणको उचित उपाय निकाल्न आग्रह गरेको हो ।
पार्टीको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय समन्वय समितिले आइतबार विज्ञप्ति जारी गरी सलह किराबाट हुने सम्भावित क्षतिप्रति ध्यान दिँदै क्षति न्यूनिकरणका लागि गम्भीर हुन माग गरेको हो ।
सरकारी निकायले यो विनाशकारी किरा प्रवेश गर्ने सम्भावना कम रहेको भन्दै प्रभावकारी ढंगले पूर्वतयारी नगरेकामा कांग्रेसले आपत्ति जनाएको छ ।
काग्रेसको कृषि तथा पशुपंछी विकास मन्त्रालय समन्वय समितिका संयोजक पदमनारायण चौधरीले विज्ञप्तिमा लेखेका छन् ‘सरकारको यस किसिमको उदासिन प्रवृत्तिले नेपालीलाई एक पछि अर्को आघात पुगेको छ ।’
प्रतिक्रिया दिनुहोस्