क्वारेन्टाइनलाई सुरक्षित र व्यवस्थित गर्न संसदीय समितिको निर्देशन
काठमाडौं, असार १२ । पछिल्लो समय विभिन्न ठाउँमा रहेका क्वारेन्टाइन असुरक्षीत र अव्यवस्थीत रहेको पाइएको छ । यसैबीच संसदीय समितिले क्वारेन्टाइनहरुलाई सुरक्षित र व्यवस्थित बनाउन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ।
शुक्रबार महिला तथा सामाजिक समिति बैठकले क्वारेन्टाइनहरुमा महिला हिंसाका घटनाहरु बढिरहेकोले व्यवस्थित र मर्यादित बसाईको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिएको हो।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि निर्माण भएका क्वारेन्टाइनहरु पूर्ण रुपमा महिला मैत्रि नभएकाले यौंन हिंसाका घटनाहरु बढेकोले मर्यादित र सुरक्षित क्वारेन्टिनको व्यवस्थापन गर्न मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले बताइन्।
सांसदहरुले क्वारेन्टाइनहरु व्यवस्थित नभएको गर्भवती महिलाहरुको पिसिआर परीक्षण समयमै नहुँदा समस्या भएको बताए। सांसद अमृता थापाले सुत्केरी महिलाहरुको पीसीआर रिपोर्ट ढिला आउँदा अप्रेसनमा समस्या हुने गरेको बताइन्। उनले पीसीआर परीक्षणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
महिलाहरु रहेको क्वारेन्टाइनको सुरक्षाका लागि महिला प्रहरीको आवश्यकता रहेको उनको भनाइ छ। उनले महिला प्रहरीको अभाव देखिए म्यादी महिला प्रहरी भर्नाको व्यवस्था मिलाउनुपर्ने उल्लेख गरिन्।
प्रतिक्रिया दिनुहोस्