स्वावलम्बन लघुवित्तको सेयर कारोबार फुकुवा

काठमाडौं , असार ११ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा (खुला) गरेको छ । यसअघि नेप्सेले कम्पनी रजिष्ट्रार कार्यालयको पत्रका आधारमा स्वालम्बनको सेयर कारोबार रोक्का गरेको थियो । नेप्सेका अनुसार फेरि कम्पनी रजिष्ट्रार कार्यालयको असार ५ गतेको पत्रकै आधारमा पुनः सेयर कारोबार फुकुवा गरिएको हो ।

नेप्सेले गत फागुन २० गतेदेखि स्वालम्बनको सेयर कारोबार रोक्का गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वावलम्बनको पुँजी वृद्धि योजनामै प्रश्न उठाउँदै नेप्सेलाई पत्र पठाएको थियो । तर अहिले कारोबार खुला गर्दा यस विषयमा भने केही पनि खुलाइएको छैन । नेप्सेले कम्पनी रजिष्ट्रार कार्यालयबाट पत्र पाएपछि अन्योलता उत्पन्न भएको भन्दै सूचीकरण स्थगन गरेको थियो ।

स्वावलम्बनले गत वर्षको नाफाबाट लगानीकर्तालाई २६५ बोनस सेयर र १४५ नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरिसकेको छ । कम्पनीले लगानीकर्ताको खातामा नगद लाभांश पहिले नै पठाइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्