कोरोना संक्रमितको शव व्यवस्थापनमा तनाव, आठ राउन्ड हवाईफायर
काठमाडौं, असार ११ । कोरोना संक्रमणका कारण मृत्यु भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको शव बिहीबार व्यवस्थापन गरिएको छ ।सोक्रममा प्रहरी र स्थानीयबीच झडप पनि भएको जनाइएको छ ।
स्थानीय युवा तोडफोड र ढुंगामुढा गर्न उत्रिएपछि प्रहरीले हवाईफायर गरेको थियो ।आठ राउन्ड हवाईफायर भएको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिनुभयो ।
त्यसक्रममा प्रहरीले आठजना स्थानीयलाई नियन्त्रणमा लिएको छ ।स्थानीयको विरोधकाबीच पोखरा महानगरपालिका–३२ मा शव व्यवस्थापन गरिएको पोखरा महानगरका सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिनुभयो ।
डोजरले खाल्टो खन्न लागेको थाहा पाएपछि स्थानीयले विरोध गरेका थिए ।
उपचारका लागि यही असार ८ गते पोखरा ल्याइएका स्याङ्जाको आँधीखोला गाउँपालिका, सिरुबारीका कोरोना संक्रमित पुरुषको बुधबार मध्यराति मृत्यु भएको थियो ।
योसहित गण्डकी प्रदेशमा कोरोनाका कारण दुईजनाको मृत्यु भएको छ ।















प्रतिक्रिया दिनुहोस्