लकडाउनको समयमा यात्रु ओसारपसार , यस्तो नगर्न आग्रह

काठमाडौं , असार ११ ।पछिल्लो समय लकडाउन केहि खुकुलो भएपनि सार्वजनिक सवारीसाधान भने चलेका छैनन् । यस विषयमा छलफल भने भइरहेको छ ।

तर लकडाउनमा केहि सार्वजनिक सवारीसाधनबाट यात्रु ओसारपसार हुने भने गरेको छ । यसरी केहि यात्रु ठगीएका समेत छन् । यता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलले लकडाउनको समयमा सार्वजनिक सवारीसाधनबाट यात्रु ओसारपसार नगर्न आग्रह गरेको छ ।

महासंघका महासचिव पुण्यप्रसाद सिटौला (सरोज)ले विज्ञप्ति जारी गरी लकडाउन कायमै रहँदा महासंघको नाम जोडेर आफुखुशी सार्वजनिक सवारी साधन संचालन गरेको आफ्नो ध्यानाकर्षण भएको जनाउनुभएको हो ।

महासंघले स्वास्थ्य मापदण्डलाई समेत पालना नगरी सार्वजनिक सवारी साधन सञ्चालन गर्दा कोरोनाको जोखिम हुने भएकाले यस्ता काम नगर्न सरकारलाई समेत अुनरोध गरेको छ ।

विज्ञप्तिमा सार्वजनिक सवारीसाधनले मनोमानी ढङ्गले यात्रु ओसारपसार गर्दा हुने कोरोनाको सम्भावित जोखिमको जिम्मेवारी महासंघले नलिने समेत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्