आज थपिएका संक्रमित, कुन जिल्लामा कति ? ( हेर्नुहोस् सूचीसहित)

काठमाडौं, असार १० । पछिल्लो समय नेपालमा कोरोनाका बिरामी दिनानुदिन बढ्दै जान थालेका छन् । नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको छ भने नेपालमा बुधबार थप ६२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १० हजार७२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले अहिलेसम्म कोभिड(१९ पुष्टि भएका व्यक्तिको संख्या १० हजार ७२८ पुगेको जानकारी दिएका हुन् । नयाँ थपिएका संक्रमितमध्ये महिला ११० र पुरुष ५१९ जना रहेका छन् ।

कुन जिल्लामा कति थपिए ?

डा गौतमका अनुसार बीपी कोरइलारा स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका १० जना पुरुष, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका एकजना पुरुष, प्रादेशिक जनस्वास्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा झापाका एक जना पुरुष र मोरङका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका एक महिला र ५ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ३ महिला र १७ जना पुरुष, महोत्तरीका २ महिला र १० जना पुरुष रसर्लाहीका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका १० जना पुरुष, बैतडीका एक महिला र ३ जना पुरुष, बाजुराका ७ जना पुरुष, डोटीका १० जना महिला र ३८ जना पुरुष, कैलालीका ९ जना महिला र ४९ जना पुरुष, कंचनपुरका १६ महिला र ६९ जना पुरुष, पर्वतका एक महिला र एकजनापुरुष, रौतहटका ९ जना महिला र ३५ पुरुष र सर्लाहीका ५ महिला र १५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

डा गौतमका अनुसार शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा धादिङका २ जना पुरुष र काठमाडौंका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका एकजना पुरुष, तनहुँका एकजना पुरुष र नवलपरासी पुर्वका ३ जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा नवलपरासी पुर्वका २ जना पुरुष र पाल्पाका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा भक्तपुरका एक महिला, वीर अस्पताल काठमाडौंको प्रयोगशालामा अछामका एक महिला र १२ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गोरखाका २ जना पुरुष र कास्कीका ४ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बाग्लुङका ९ जना पुरुष, गोरखाका एक जना पुरुष, कास्कीका ३ महिला र २ जना पुरुष, लमजुङका एक महिला र ४ जना पुरुष, पर्वतका एकमहिला र स्याङ्जाका २ महिला र ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका ५ जना पुरुष, कपिलवस्तुका एकजना पुरुष, पाल्पाका एकजना पुरुष र रुपन्देहीका एकजना महिला संक्रमित भएका छन् । यस्तै भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका ९ जना पुरुष र वर्दियाका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ६ जना महिला र ७० जना पुरुष, प्युठानका १० जना पुरुषमा संक्रमण पुष्टि भएको छ । सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा जाजरकोटका एकजना पुरुष सुर्खेतका ३ महिला र ११ जना पुरुष, दैलेखका ४ जना पुरुष र कालीकोटका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा कैलालीका २९ महिला र ७४ जना पुरुष, बाजुराका एकजना पुरुष र कञ्चनपुरमा एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ११४ जना कोरोना संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ हजार ३३८ पुगेको छ । जसमध्ये २१४१ जना पुरुष रहेका छन् ।

पछिल्लो पटक ८ महिला र १०६ जना गरी ११४ जना निको भएका हुन्। योसहित नेपालमा हालसम्म जना २ हजार ३ सय ३८ उपचारपछि निको भएका छन्। जसमध्ये २१४१ जना पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्