एनआईसी एशिया लघुवित्तको आईपीओ भोलिदेखि विक्री खुला हुने
काठमाडौं , असार ९ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको आईपीओ बुधवारदेखि विक्री खुला हुने भएको छ ।
उक्त कम्पनीले ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ७४ हजार कित्ता कर्मचारीहरुको लागि, २ लाख ३७ हजार ८०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको र बाँकी रहेको ४४ लाख ४३ हजार २०० कित्ता सर्वसाधारणको लागि निष्कासन हुने छ ।
आईपीओ निष्कासन बन्द मिति छिटोमा असार १४ गते र ढिलोमा असार २४ गतेसम्म रहेको छ । उक्त कम्पनीको आईपीओमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहको छ ।आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि– आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ । हाल कम्पनीको चुक्तापूँजी रू। १ अर्ब ४५ लाख रहेको छ ।
आईपीओ बाँडफाँट पश्चात कम्पनीको पूँजी रू। १ अर्ब ४८ करोड पुग्नेछ । कम्पनीले हालसम्ममा ७० ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू। ११ करोड १२ लाख नाफा कमाएको छ । सोही अवधिमा उक्त कम्पनीको प्रतिशेयर नेटवर्थ रू। ११० दशमलव ४३ पुगेको छ । कम्पनीले आव २०७७र ७८ मा प्रतिशेयर नेटवर्थ रू। १३५ दशमलव ८० पुग्ने प्रक्षेपण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्