अजोड इन्स्योरेन्सलाई दियो ३० करोडको आईपीओ निष्काशन गर्न अनुमति

काठमाडौं , असार ९ । नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्सलाई साधारण सेयर ९ आईपीओ० निष्काशनका लागि अनुमति दिएको छ । नयाँ निर्जीवन बिमा कम्पनीको रूपमा स्थापना भएको अजोड इन्स्योरेन्सले २०७६ माघ १० गते बोर्डमा आवेदन दिएको थियो । असार ७ गते कम्पनीलाई बोर्डले आईपीओ निष्काशनको अनुमति दिएको हो ।

कम्पनीले ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । १०० रुपैयाँ अंकित मूल्यमा सेयर निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । इन्स्योरेन्सको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको वित्तीय अवस्था औषतभन्दा कमजोर रहेको देखाउँछ ।

कम्पनीले आईपीओ निष्काशनका लागि यसअघि नै बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटललाई नियुक्त गरिसकेको छ ।

हाल ७० करोड चुक्ता पुँजी रहेको कम्पनीको आईपीओ निष्काशनपछि चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्नेछ । गत पुस ११ गते सम्पन्न कम्पनीको दोस्रो वार्षिक साधारणसभाले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्