शान्तिपूर्णरुपमा विवाद सुल्झाउन भारत र चीनलाई नेपालको सुझाव

काठमाडौं, असार ६ । नेपालले भारत र चीनबीच पछिल्लो समय चुलिएको विवादलाई शान्तिपूर्णरुपमा सुल्झाउन सुझाव दिएको छ ।

गएको सोमबार भारत र चीनका सेनाबीच लद्दाखको गलवान उपत्यकामा भएको झडपपछि पहिलो औपचारिक प्रतिक्रिया जनाउँदै नेपालले विवाद शान्तिपूर्ण उपायबाट सुल्झाउन सुझाव दिएको हो ।

शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी असल छिमेकीपनाको भावनासहित आपसी नमिलेका कुराहरुलाई दुईपक्षीय, क्षेत्रीय र विश्व शान्ति तथा स्थायित्वको शान्तिपूर्ण माध्यमबाट उब्जिएको समस्या हल हुनेमा नेपाल विश्वस्त रहेको उल्लेख गरेको छ ।

पछिल्लो समय चीन र चारत बिच तनाव उत्पन्न भएको छ । यति मात्रै होइन भारतीय २० सैकिको ज्यान समेत गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्