एसियन लाइफले ल्यायो बिमालेखका लागि घरबाटै आवेदन दिन सकिने सुविधा
काठमाडौं , असार ६ । एसियन लाइफ इन्सोरेन्स कम्पनीले घरमै बसेर अनलाइनबाट बिमालेखका लागि आवेदन दिन सक्ने सुविधा ल्याएको छ ।
कम्पनीले कोरोनाको महामारी बढीरहेका बेला ग्राहकलाई कम्पनीसम्म आउन नपर्ने गरी आजदेखि अनलाइनबाटै बिमालेखका लागि आवेदन दिन सक्ने सुविधा ल्याएको हो ।
अभिकर्ताले कम्पनीको वेभसाइटमा एजेन्ट पोर्टल मार्फत २४ सै घण्टा आवेदन दर्ता गर्न सक्ने छन् । कुनै पनि इजाजतपत्र प्राप्त अभिकर्ताले कम्पनीको आधिकारीक वेभसाइटमा एजेन्ट पोर्टलमा लगइन गरि बिमा चाहने व्यक्तिका बारेमा सम्पूर्ण विवरण र कागजपत्र प्रविष्टि गरि आवेदन दिन सक्ने छन् ।
अनलाइन लगइनबाट अभिकर्ताले कारोबार विवरण तथा बिमितले आफ्नो बिमालेख सम्बन्धि सम्पूर्ण विवरण आफंैले हेर्न सक्ने सुविधा ल्याएको कम्पनीले जनाएको छ ।
बिमा समितिको निर्देशन अनुसार हाललाई ३ लाख बिमाकंसम्मको बिमालेखका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
बिमितले इसेवा र फोन पे मार्फत घरमै बसेर नविकरण बिमाशुल्क भुक्तानी गर्न सकिने एसियन लाइफ इन्सोरेन्स कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्