इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपः उपाधिका लागि थ्रीस्टार र मनाङ–मर्स्याङ्दी भिड्दै

काठमाडौं । घरेलु फुटवलका चीर प्रतिद्वन्दि क्लब थ्रीस्टार र मनाङ मस्र्याङदी क्लब मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधिका लागि खेल्दैछन् ।
मोफसलको सबैभन्दा धेरै पुरस्कार राशीको प्रतियोगिताको फाइनलमा शनिबार दुवै टोलीले को अब्बल भन्ने पुष्टि गर्नेछन् । पछिल्लो पटक भएको भेटमा थ्रीस्टारले मनाङ मस्र्याग्दी क्लबलाई २ शुन्यले हराएको थियो ।
दुवै टीमका प्रशिक्षकले उपाधि जित्ने दाबी गरेका छन् । थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले उपाधि जित्न टीमले रणनीति तयार पारिसकेको बताए ।
थ्रीस्टार त्रिभुवन आर्मीलाई ट्राइब्रेकरमा ५–३ ले पराजित गर्दैै फाइनल पुगेको हो । मनाङका प्रशिक्षक छिरिङ लोप्साङले यस वर्ष दुई उपाधि जितिसकेको टीम उच्च फर्म र मनोबलमा रहेको र मोफसलको सबैभन्दा धेरै राशीको पुरस्कार जितेरै काठमाडौं फर्किने बताए।
मनाङ गरिफा स्पोर्र्टी क्लब कोलकातालाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । उपाधि विजेताले १२ लाख रुपैयाँ र उप–विजेताले ६ लाख रुपैयाँ तथा उत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल पाउनेछन् ।
खेल इटहरी रंगशालामा दिउँसो २ बजेपछि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्