आफ्नो नियन्त्रणमा रहेका १० भारतीय सैनिकलाई रिहा गर्यो चिनले

काठमाडौं , असार ५ । चीनले आफ्नो नियन्त्रणमा रहेका १० भारतीय सैनिकलाई रिहा गरेको छ । लद्दाखको विवादास्पद सीमा क्षेत्रमा भएको भिडन्तको क्रममा नियन्त्रणमा लिएका सैनिकहरुलाई चीनले रिहा गरेको हो ।

सोमबार सीमा विवादलाई लिएर दुबै सैनिकबीच झडप हुँदा २० सैनिकले त्यहाँ ज्यान गुमाएका थिए । दुबै देशकाबीच उच्च तहमा भएको कयौं चरणको छलफलपछि उनीहरूलाई रिहा गरिएको हो । रिहा हुनेहरुमा एक जना लेफ्टीनेन्ट कर्णेल, तीन जना मेजर र ६ जना जवानहरु रहेको सैनिक स्रोतलाई उद्धृत गर्दै भारतीय पत्रिका द हिन्दुले जनाएको छ ।

भारत सरकारले यसबारेमा कुनै प्रतिक्रिया नदिए पनि भारतीय सेनाले भने घटनामा कुनै पनि भारतीय सैनिक बेपत्ता नभएको बताएको छ । सोमबार भएको झडपलाई सन् १९६२ मा भएको चीन–भारत युद्धपछिकै ठूलो सैन्य टकराव मानिएको छ ।

चीनले भने उक्त घटनामा भएको क्षतिका बारेमा अझै औपचारिक रुपमा केही बोलेको छैन । घटनामा हुनुमा दुवै पक्षले एक अर्कालाई आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्