भारत र चीनबीच भीषण भिडन्तमा २० भारतीय सैनिकको मृत्यु , अमेरिकाले दियो यस्तो प्रतिक्रिया
काठमाडौं, असार ३। सीमा क्षेत्र पूर्वी लद्दाखमा भारत र चीनका सेनाबीच भएको झडपबारे अमेरिकाले पनि आफ्नो प्रतिक्रिया दिएको छ।
सीमामा भारत र चीनबीच भइरहेको हिंंसात्मक घटना आफूले नजिकबाट नियालिरहेको बताउँदै अमेरिकाले आफू शान्तिका पक्षमा रहेको धारणा सार्वजनिक गरेको हो।
अमेरिकाको गृह विभागका प्रवक्ताले समस्याको शान्तिपूर्ण समाधानमा आफूहरूको समर्थन रहने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एएनआईले उल्लेख गरेको छ।
सोमबार राती चिनियाँ सेनासँग भएको झडपमा आफ्ना २० सैनिकको मृत्यु भएको स्वीकार गरेको छ।
भारतीय सेनाले चीनसँगको भीषण झडपमा आफ्ना १७ सैनिका घाइते भएको र शून्य डिग्रीभन्दा कम तापक्रम रहेको गलवान उपत्यकामा उनीहरूको मृत्यु भएको बताएको छ। यसअघि भारतीय सेनाले चीनसँगको झडपमा एक जना कर्नेल र दुई सैन्य जवानको मात्र मृत्यु भएको बताएको थियो।
भारतीय सेनाले मंगलबार राती मात्र २० जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको हो। साथै उसले भारत र चीनका सेनाबीच झड बन्द भएको पनि बताएको छ ।
प्रतिक्रिया दिनुहोस्