प्रधानसेनापति थापा र सशस्त्र प्रहरी महानिरीक्षक खनाल छाङरु प्रस्थान, किन गए ?

काठमाडौं , असार ३ । प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल दार्चुला प्रस्थान गरेका छन् । भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस निरीक्षणका लागि दुवै सुरक्षा निकायका प्रमुख त्यसतर्फ प्रस्थान गरेका हुन् ।

गत वैशाख ३१ गते सरकारले दार्चुलाको छाङरुमा सशस्त्रको बीओपी र जेठ ७ गते घाँटीबगरमा सेनाको अस्थायी बेस स्थापना गरेको थियो । बिओपी र अस्थायी बेसको निरीक्षणका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुलाका लागि प्रस्थान गर्नु भएको छ ।

काठमाडौंबाट स्काई ट्रकबाट धनगढी पुगेका प्रधानसेनापति थापा र सशस्त्र प्रहरी महानिरीक्षक खनाल दार्चुलाका लागि उडेपनि मौसममा समस्या आए छाङरुसम्म जान नसक्ने बुझिएको छ । भारतले सीमा अतिक्रमण गरेको क्षेत्रसहित दार्चुलाको अपि नाम्पा संरक्षण क्षेत्रमा समेत सेनाको टोली खटाउनेबारे छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्