एनआईसी एसिया लघुवित्तको हालसम्मकै सबैभन्दा ठुलो आइपिओ असार १० देखि खुल्दै
काठमाडौं, असार २ । लघुवित्त क्षेत्रमा हालसम्मकै सबैभन्दा धेरै संख्यामा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले असार १० देखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । एनआइसीले एक सय रुपैयाँ अंकितका ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आइपिओ निष्कासन गर्ने भएको हो ।
सर्वसाधारणले कम्तिमा १० कित्ता र बढीमा २ लाख कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सि–आस्बा सदस्य बैंक, वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। साथै मेरो सेयर प्रयोगकर्ताले मेरो सेयरमार्फत पनि आवेदन गर्न सक्नेछन् । अनआइसीको आइपीओमा असार १४ गतेसम्म र सो अवधिमा पनि सबै सेयरका लागि आवेदन नपरेमा असार २४ गतेसम्म आवेदन दिन सक्ने बताइएको छ ।
केयर रेटिङ्गस नेपालले एनआइसीको आइपिओलाई औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस्