आज एकैदिन थपिए ४ सय २५ संक्रमित , संक्रमितको संख्या ५,७६० पुग्यो
काठमाडौं, जेठ ३२ । आइतबार नेपालमा एकैदिन ४ सय २५ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ ।
नयाँ संक्रमित मध्ये ३७५ जना पुरुष र ५० महिला रहेका मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
हालसम्म ९ सय ७४ जना डिस्चार्ज भएका छन् । आइतबार ६ जना डिस्चार्ज भएका छन् । आइतबारसम्म कुल ९७४ जना डिस्चार्ज भएका छन् भने १९ जनाको मृत्यू भएको छ ।
प्रवक्ता गौतमका अनुसार आइतबारसम्म १ लाख ३३ हजार ३७७ पिसिआर परीक्षण भएको छ भने २ लाख १० हजार ७२१ आरडिटी परीक्षण भएको छ ।
अहिलेसम्म १ लाख ४३ हजार ६४१ जना क्वारेन्टाइनमा रहेका छन् भने ४ हजार ७६७ जना आइसोलेसनमा रहेका छन् ।
आइतबार रुकुम जिल्लामा पनि कोरोना देखिएसँगै ७३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।















प्रतिक्रिया दिनुहोस्