काठमाडौं भित्रिन र बाहिरिनको लागि नयाँ ब्यबस्था लागु, यस्तो छ नियम !
काठमाण्डौ , जेठ ३२। जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ प्रवेश गर्न र काठमाडौँबाट बाहिरिनको लागि नयाँ ब्यबस्था गरेको छ ।
जस अनुसार अब काठमाडौं प्रवेश गर्नको लागि आफ्नो बसोबास रहेको नगरपालिकाबाट अनुमति लिई आफुले यात्रा सुरु गर्ने जिल्ता प्रशासन कार्यालयमा निवेदन दिनु पर्ने छ । त्यसपछि यात्रा सुरु गर्ने जिल्ला प्रशासनले काठमाडौँ जिल्ला प्रशासनमा अनुमतिको लागि निवेदन दिने छ । उक्त निवेदनको आधारमा यात्राको औचित्य पुष्टि हुने भए मात्र पास पाइने छ ।
काठमाडौँबाट बाहिरिनको लागि भने व्यक्तिको हकमा जे कामको लागि बाहिर जान लागिएको हो सो कामको प्रयोजन खुलाउने कागजात आवश्यक पर्ने छ । संस्थाको कामको लागि भए संस्थाको सिफारिस पत्र आवश्यक पर्छ ।
प्रतिक्रिया दिनुहोस्