श्रीमान-श्रीमती एउटै मोटरसाइकल चढेर अफिस जान नहुने , कस्तो नियम ?

काठमाण्डौ , जेठ ३० । सरकारले दुई पाङग्रे गाडीमा दुई जना यात्रा गर्न नपाउने नियम बनाएको छ । तर यो नियम जति अव्यावहारिक छ, पालना गर्न र हुन पनि उत्तिकै चुनौतीपूर्ण देखिएको छ । लकडाउन खुकुलो बनाउँदै लैजाने निर्णय अनुसार केही समय अघिदेखि नै मोटरसाइकलमा एक जना मात्रै ओहोरदोहोर गर्नेरगराउने अभ्यास गराएको सरकारले शुक्रबारदेखि भने औपचारिकरुपमा नै एक जनामात्रै यात्रा गर्न पाउने नियम लागू गरेको हो ।

तर यो नियम प्रभावकारी नभएको भन्दै बिभिन्न ब्यक्तिहरुले हटाउन सुझाव दिईरहेका छन् । दुई पाङग्रे गाडीमा एक जनाबाहेक अर्को यात्रा गर्न नपाउने नियमको विरोध हुन थालकेको छ । काम विशेषले हिँडेकाहरु जथाभाबी नियम लागू गरेको भन्दै आक्रोशित भएका छन् । सरकारको आदेशसँगै ट्राफिक प्रहरीले दुई जनालाई यात्रा गर्न नदिन सुरक्षा जाँचलाई कडाइ पारेको छ ।

तर यो नियमले नागरिकलाई समस्या परेको भन्दै समस्या समाधान गर्न नियम लागू भएको पहिलो दिन नै छलफल सुरु भएको छ । काम विशेषले हिँड्ने नागरिकलाई परिवारका सदस्यले पनि कार्यालय ल्याउनेरपुर्‍याउने गर्ने गरेकाले काम प्रभावित भएको भन्दै समस्या सुल्झाउन माथिल्लो निकायसँग छलफल थालेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी, वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्