सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान

काठमाडौं, जेठ ३० । नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनमा आवद्ध उपत्यकाका सात सय सञ्चारकर्मीलाई स्वास्थ्य तथा सौन्दर्य सामग्री प्रदान गरिएको छ। हरिपृया(प्रकाश फाउन्डेसनबाट उक्त सामग्री गरिएको सामाजिक अभियन्ता क्षितिज भण्डारीले बताए।

ललितपुर र भक्तपुरपछि काठमाडौंमा नेपाल प्रेस युनियन केन्द्रीय समितिमार्फत फ्रन्टलाइनमा काम गरिरहेका पत्रकारलाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सामग्री हस्तान्तरण गरेका हुन्। कैलाली र तनहुँमा कार्यरत सञ्चारकर्मीका लागि पनि साग्री पठाइएको सल्लाहकार शिव लम्सालले बताए।

सामग्री प्रदान गर्न आयोजित कार्यक्रममा बोल्दै बरिस्ठ नेता पौडेलले बालुवाटार र देशभर भइरहेको स्वतस्फूर्त र शान्तिपूर्ण नागरिक दबाब अभियानमा दमन नगर्न सरकारलाई आग्रह गरेको प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले बताए।

नेपाल प्रेस युनियनले केन्द्रीय कार्यालयमा दिउँसो १२ बजेदेखी साढे ५ बजेसम्म केही थान पिपिई, एम ९५ मास्क, फेस सिल्ड, डाबर मन्जन, लिरिल साबुन, डब्बा तेलसहित अन्य ५ सय नर्मल मास्क, ५ सय डाबर नेपालको जुस, ५ सय हिमालयको फेसवास, २५ सय नवरत्नको तेल र २५ सय स्याम्फुको सानो पाउच प्रदान गरिएको फाउन्डेसनकी केन्द्रीय सदस्य कल्पना शर्माले बताइन्।

महिला बिभाग केन्द्रीय सदस्य रोजि ढकालका अनुसार युवानेता भण्डारीमार्फत प्राप्त सामाग्री युनियनकै स्वामित्व राहने गरी प्रदान गरिएको हो। फोटस केन्द्रीय अध्यक्ष आदर्श मल्लका अनुसार उपमहासचिव सलोजा दाहाल, केन्द्रीय सदस्यद्वय कल्पना शर्मा, नकुल अर्याल, पूर्व उपाध्यक्षसहित केन्द्रीय पत्रकारहरू मुकुन्द भण्डारी, रोजि ढकाल, अम्बिका घिमिरे, लक्ष्मी पौडेलले ४ सय ९ जना पत्रकारलाई साग्री वितरण गरे।

प्रतिक्रिया दिनुहोस्