माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा महत नियुक्त

काठमाडौं , जेठ २९ । माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा मुकुन्द महत नियुक्त भएका छन् । बैंकको जेठ १६ गतेको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा महतलाई नियुक्त गरेको हो ।

उनी पेशाले लेखा व्यवसायी रहेको र शैक्षिक योग्ता चार्टर्ड एकाउन्टेन्सी रहेको बैंकले सूचना मार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्