१८ अर्बको आईपीओ निष्कासन गर्दै चन्दागिरी हिल्स
काठमाडौं , जेठ २९ । चन्द्रागिरी हिल्सले प्राथमिक सेयर (आईपीओ)निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता सेयर निष्कासनको अनुमति माग गर्दै कम्पनीले जेठ २५ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापीटललाई नियुक्त गरेको छ । आइएमई ग्रुपबाट प्रवर्धित चन्दगिरी हिल्सले काठमाडौंको चन्द्रागिरी नगरपालिकामा केबलकार सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्