१० अर्बको हिसाब माग्दै विराटनगरमा प्रदर्शन, सार्वजनिक गर्न माग
काठमाडौं, जेठ २९ । सरकारले कोरोना महामारी नियन्त्रणका लागि रु. १० खर्ब खर्च भएको दाबी गरिरहँदा विराटनगरका युवाले त्यसको हिसाब माग गरेका छन् ।
स्वतःस्फूर्त रूपमा युवा समूहले बिहीबार विराटनगरमा र्याली निकाल्दै प्लेकार्ड प्रदर्शन गरी सरकारसँग रु. १० अर्बको हिसाब सार्वजनिक गर्न माग गरेका हुन् । देशभरका युवा र सरोकारवाला निकायहरूले सरकारलाई खर्चको विवरण सार्वजनिक गर्न आग्रह गरिरहेका छन् ।
विराटनगरका सडकमा निस्किएका युवाले आरडीटी परीक्षण बन्द गर्न र पीसीआर बढाउन सरकारको ध्यानाकर्षण गरे ।
मौन जुलुस निकाल्दै उनीहरू रोडशेष चोकमा अवस्थित प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि पुगे राष्ट्रिय गान गाए । यसैगरी त्यही समूहले विराटनगर महानगरपालिका अगाडि पनि सांकेतिक विरोध प्रदर्शन गरे ।
प्रतिक्रिया दिनुहोस्