राष्ट्रियसभाबाट प्रतिलिपि अधिकार विधेयक स्वीकृत
काठमाडौं, जेठ २९ । राष्ट्रियसभाको आजको बैठकबाट ‘प्रतिलिपि अधिकार ९पहिलो संशोधन० विधेयक सर्वसम्मतले स्वीकृत भएको छ । राष्ट्रियसभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले ‘प्रतिलिपि अधिकार ९पहिलो संशोधन० विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
सांसद रामनारायण बिडारी, प्रकाश पन्त, कोमल वली र वेदुराम भुसालले उक्त विधेयकमाथिको छलपलमा भाग लिँदै विधेयकमा प्रतिलिपि अधिकारका सम्पूर्ण विषय क्षेत्र नसमेटिएको बताएका थिए ।
भट्टराईले विधेयकमाथि उठेका प्रश्नको उत्तर दिँदै प्रतिलिपि अधिकारका विषयमा साहित्य, कला, ज्ञान–विज्ञान र अन्य क्षेत्रमा मौलिक एवं बौद्धिक रुपले प्रस्तुत गरिएका रचना, किताब, पर्चा, लेख, शोधपत्र, नाटक, नाट्य–संगीत, मुक चित्र, यस्तै किसिमले मञ्चनका लागि तयार गरिएका रचना, शब्द सहित वा शब्द रहित सांगीतिक रचना श्रव्य दृश्य रचना, आर्किटेक्चरल डिजाइन, चित्रकला, पेन्टिङ्ग, मूर्तिकला, काष्ठकला, लिथोग्राफी र आर्किटेक्चरसम्बन्धी अन्य रचना, फोटोजन्य रचना, प्रयोगात्मक कलासम्बन्धी रचना पर्ने बताएका छन् ।
उनका अनुसार सूचना र प्रविधिमा आएको परिवर्तनसँगै विधेयकलाई समयानुकूल बनाइएको छ । उनले विधेयकले दृष्टिविहीन तथा दृष्टिशक्ति कम भएका व्यक्तिको अधिकारलाई समेटिएको बताए ।















प्रतिक्रिया दिनुहोस्