सर्वोच्चको आदेश – लकडाउन पूर्ण रुपमा खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउनू
काठमाडौं , जेठ २९। सर्वोच्च अदालतले लकडाउन पूर्ण रुपमा खुलेको एक महिनासम्म कर तिर्ने व्यवस्थ मिलाउन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीशहरु अनिलकुमार सिन्हा र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले लकडाउन पूर्ण रुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र कर बुझाउन सक्ने व्यवस्था मिलाउन आन्तरिक राजस्व विभागका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
यस अघि सरकराले जेठ २५ गते बुझाउन ताकेता गरिको थियो । तर त्यसको चर्कोदबाब पछि सरकारले पछि हटेर असार ७ गते सम्म सरेको छ । यता व्यवारीले आफुहरुको व्यपार नै चौपट भएका बेला कसरी कर तिर्ने भन्दै आनाकानी गरिरहेका छन् । अर्को तिर कोरोनाले देश लकडाउनमा छ । यसै कारण सबै बन्द छ । आम्दानीका स्रोत नै नभएसी कहाँबा तिर्ने भन्ने उनीहरुको गुनासोृ हो ।















प्रतिक्रिया दिनुहोस्