दुई सिफ्टमा सरकारी कार्यालय खुलाउने तयारी, सार्वजनिक यातायात सञ्चालन बारे यस्तो छ योजना
ठमाडौं, जेठ २९ । सरकारले दुई सिफ्टमा सरकारी कार्यालय खोल्ने तयारी गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले भिडभाड नहुनेगरी दुई सिफ्टमा कार्यालय खोल्ने निर्णय भएको एक मन्त्रीलेबताए।
ती मन्त्रीका अनुसार बिहान ८ बजेदेखि १ बजेसम्म एक सिफ्ट र दिउसो १ बजेदेखि साँझ ६ बजेसम्म अर्को सिफ्ट सरकारी कार्यालय खुल्नेछन्।
सार्वजनिक यातायातलाई सञ्चालन गर्ने विषयमा पनि सरकारले व्यवसायीहरुसँग छलफल गर्ने उनले बताए।
भौतिक दुरी कायम गरेर सार्वजनिक यातायात सुचारु गर्न सकिन्छ की सकिदैन भनेर यातायात व्यवसायीहरुसँग सरकारले छलफल गरेपछि मात्रै निर्णय हुने ती मन्त्रीको भनाइ छ।















प्रतिक्रिया दिनुहोस्