आजदेखि व्यापार-व्यवसाय खुला गरिने, यस्ता छन् बुधबारका मन्त्रिपरिषद् बैठकका निर्णयहरु
काठमाडौँ , जेठ २९ । सरकारले हाल जारी लकडाउनको मोडालिटीमा केही परिवर्तन गरी पसलहरु खुला गर्ने तथा निजी सवारी साधन र टयाक्सीलाई जोर विजोरका आधारमा चलाउन दिने भएको छ ।
मन्त्रिपरिषद्को बुधबारको बैठकले बिहीबारदेखि नै बजार खोल्न दिने निर्णय गर्नुका साथै निजी सवारी साधन जोर र बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको छ। सार्वजनिक सवारी साधनमा भने ट्याक्सीमात्र चल्न दिइने भएको छ।
लामो दुरीका सवारी साधन र सार्वजनिक सवारीका अन्य साधन भने अहिल्यै खोल्न नदिइने एक मन्त्रीले बताए । लकडाउनको ८० औँ दिनदेखि जनजीवन सहज पार्न सरकारले जोरबिजोर प्रणालीका आधारमा निजी सवारी साधन सञ्चालन गर्न दिने र पसलहरु खुल्ला गर्न दिने निर्णय मन्त्रिपरिषद्ले गरेको ती मन्त्रीले जानकारी दिए।
जोर अंक नम्बर भएको सवारी साधनज जोर गतेको दिन र बिजोर अंक भएको सवारी साधन बिजोर गतेका दिन सञ्चालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।
मन्त्रिपरिषद्को निर्णयबारे औपचारिक जानकारी विहीबार पत्रकार सम्मेलन मार्फत दिइने बताइएको छ ।















प्रतिक्रिया दिनुहोस्