नेपालमा कोरोनाः अहिलेसम्म ६ सय ७४ सङ्क्रमित उपचारपछि निको भए

काठमाण्डौ , जेठ २८ । नेपालमा अहिलेसम्म ६ सय ७४ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् । २४ घण्टामा ९० जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोशी अस्पतालबाट ६, कोभिड १९ अस्पताल बलम्बुबाट १, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १, कोभिड १९ अस्पताल जनकपुरबाट ३७, महेन्द्र गेनाई आइसोलेसन सिराहाबाट २० र कोरोना अस्पताल बेलझुण्डी दाङबाट ७ जना डिस्चार्ज भएका छन् ।

अहिलेसम्म ६ सय ७४ डिस्चार्ज भएकामा पुरुष ५ सय ९५ जना र महिला ८९ जना रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्