मिडफिल्डर फिलिप कौटिन्होले गरे बार्सिलोनाबाट डेब्यु
बार्सिलोना (एजेन्सी) । लिभरपुलबाट यसै ट्रान्सफर विन्डोमा बार्सिलोना पुगेका स्टार मिडफिल्डर फिलिप कौटिन्होले बार्सिलोनाबाट डेब्यु गरेका छन् ।
बिहीबार एस्पान्योलसँगको खेलमा कौटिन्हो दोस्रो हाफमा आन्द्रेस इनिएस्टाको स्थानमा मैदान प्रवेश गरेका थिए । उक्त खेलमा बार्सिलोना ले एस्पान्योललाई २–० ले पछि पारेको थियो । ६८ हौं मिनेटमा मैदान पुगेका कौटिन्होले पहिलो टच लियोनेल मेसीको पासमा लिएका थिए । त्यसपछि केही समयमै उनलाई बक्स नजिक लडाएपछि बार्सिलोनाले फ्रिकिक पायो, जुन मेसीले बाहिर प्रहार गरे ।
७५ अौं मिनेटमा कौटिन्होको पासमा सुआरेजको सट एस्पान्योलका गोलरक्षकले बचाए । बार्सिलोनाबाट पहिलो खेल भएपनि खेलमा उनले निकै सम्हालिएर खेले । उनको फुटवर्क र खेल्ने शैली बुझ्न २२ मिनेट पर्याप्त रह्यो । उनले आउने दिनमा बार्सिलोनाका लागि राम्रो प्रदर्शन गर्ने जानकारहरुको बुझाई छ ।
ब्राजिलको राष्ट्रिय टोलीका निएमित खेलाडी कौटिन्होले १४ नम्बरको जर्सी लगाएर खेले ।
प्रतिक्रिया दिनुहोस्