विदेशबाट फर्किनेलाई चारतारे होटलमा, भारतबाट आउनेलाई गोठमा
काठमाडौं , जेठ २५ । कोरोनाले विभन्न देशमा अलपत्र नेपाली ल्याउने काम सरकारले सुरु गरेको छ । शुक्रबार म्यानमार र युएईबाट नेपालहरु आएका छन् । अन्य देशबाट पनि नेपालीहरु स्वदेश फर्कने क्रममा रहेका छन् । यसैबीच सरकारले विदेशबाट फर्किने नेपालीहरूलाई क्वारेन्टाइनमा राख्ने ४७ वटा होटलहरुको सूची सार्वजनिक गरेको छ ।
यो सूचीमा पर्यटकस्तरका होटलदेखि चारतारे होटलसम्म रहेका छन् । सूचीमा चारतारे होटलको संख्या ३, तीनतारे होटलको संख्या ९, दुईतारे होटलको संख्या २, एकतारे होटल ५ र पर्यटक स्तरका, तर चारतारे होटल सरहको मूल्य तिर्नुपर्ने २८ होटलहरु छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो सार्वजनिक गरेको सूचीमा चारतारे होटलहरु ग्राण्ड, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र स्वीस इन्टरनेशनल होटल सरोवर छन् ।
ग्राण्ड होटल काठमाडौंमा, ड्रिमल्याण्ड रुपन्देहीको मनिग्राममा र स्वीस इन्टरनेशनल पोखरामा छन् । सरकारले विदेशबाट नेपालीहरुलाई उद्धार गर्ने र होटल क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । होटल बसाइको खर्च स्वयं व्यक्तिहरुले नै तिर्नुपर्ने छ ।
यर्सैबीच नेपाल सरकारले विदेशबाट फर्किने नागरिकमाथि विभेद गरिएको टिप्पणी हुन थालेका छन्।जहाजबाट आएकाहरुलाई राज्यले व्यवस्थित होल्डिङ सेन्टरमा र भारतबाट स्थलगत रुपमा आएका नेपाली नागरिकहरुलाई भैसी गोठमा राखिएको भन्दै सामाजिक सञ्जाल सरकारको विभेदकारी व्यवहारको विरोध भएको हो।भारतबाहेकका देशबाट आउने नेपालीहरुले खर्च आफै व्यहोर्ने भनिएका कारण पनि यस्तो विभेद सहतमा आएको जानकारीहरु बताउछन्।
केही दिन पहिले पश्चिम नेपालका विभिन्न स्थानमा कोरोना पोजेटिभ देखिएका नागरिकहरुलाई गोठमा राखिएका समाचार बाहिरिएका थिए। भारतबाट आएका कर्णालीबासीहरु विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड विपरित सामूहिक रुपमा क्वारेन्टाइमा बस्न बाध्य छन्।
भारतबाट आएका नेपालीहरुलाई सीमासम्म गाडि लिएर उद्दार गर्ने कार्यजारी छ। प्रदेश सरकार जिम्मेवार रहने गरि उनीहरुको उद्दार भइरहेको छ। बाटोमा उनीहरुले खाना खान र राम्रोसँग बस्नसमेत नपाएका गुनासाहरु सुन्नमा आएका छन्।
देशका विभिन्न जिल्लामा विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरित बनेका क्वारेन्टाइमा रहेका केही व्यक्तिको निधनसमेत भइसकेको छ। खासगरी दैलेखमा क्षमताभन्दा धेरै व्यक्तिहरु क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यता छ। त्यस्तै अन्य केही जिल्लामा पनि व्यवस्थित क्वारेन्टाइन नभएका प्रतिक्रियाहरु आइरहेका छन्।
पछिल्लो समय भारतबाट नेपाल आउने क्रम ह्वात्तै बढेको छ । सुदुरपश्चिको समिानाका गौरीफन्टाबाट निकै नै ठुलो संख्यामा भारत गएका नेपालीहरु आउने क्रम धमाधम बढेको हो । भारतमा अलपत्र नेपालीको कैलालीको गौरीफन्टा नाकाबाट उद्दार गर्ने क्रम अहिले पनि जारी राखिएको छ।
कोरोना भाईरसको प्रभावले भारतमा जारी लकडाउनपछि स्वदेश फर्किन सीमा नाकासम्म पुगेका मजदुरहरुको जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा उद्दारको कार्य भईरहेको हो।
परीक्षण बिनानै उनीहरूलाई नेपाल प्रवेश गराउँदा कोरोना संक्रमणको जोखिम बढेको छ। यसैबीच भारतमा अलपत्र परेका नेपालीको परीक्षण नगरी सम्बन्धित पालिकामा रहेका विभिन्न क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको भएपनि त्यहाँ व्यवस्थीत नभएको र रोग लाग्ने झनै जोखीम रहेको पाइने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्