आज एकैदिन २७८ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ३ हजार नजिक

काठमाडौं , जेठ २३ । नेपालमा शुक्रबार थप २७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २९१२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबार थप २७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन ।

साथै उनले हालसम्म ३३३ जनाले कोरोनाभाइरसको संक्रमण जितेर घर फर्किएको पनि शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्