कोरोना भाइरसः विश्वभर ३ लाख ९३ हजार भन्दा बढीको मृत्यु, ६७ लाख भन्दा बढी संक्रमित
काठमाडौं, जेठ २३ । कोरोना भाइरस (कोभिड १९)बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९३ हजार २६४ पुगेको छ । यस्तै संक्रमितको संख्या ६७ लाख ५ हजार ५८८ पुगेको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ।
नेपाली समयानुसार शुक्रबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका ३२ लाख ५३ हजार २११ जना निको भएका छन्।। हाल विश्वभरीमा कोरोना भाइरस संक्रमित ३० लाख ५९ हजार ११३ व्यक्ति उपचाररत रहेका छन्।
संक्रमितहरुमा ५५ हजार ४५७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका अत्यन्त प्रभावित भएको छ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १९ लाख २४ हजार १८९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ। यस प्रकोपको कारण अमेरिकामा १ लाख १० हजार १७९ व्यक्तिको मृत्यु भएको छ।
दक्षिणमा अमेरिकामा १० लाख ३० हजार ६९७ जना कोरोना भाइरस संक्रमति रहेका छन्। यहाँ ४६ हजार ९० जनाको मृत्यु भएको छ। उत्तर अमेरिकामा २१ लाख ८० हजार ८५५ जना कोरोना भाइरस संक्रमति रहेका छन्। यहाँ १ लाख ३१ हजार ९९० जनाको मृत्यु भएको छ।
युरोपमा २० लाख ४५ हजार ७७१ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७७ हजार ११८ को मृत्यु भएको छ। एसियामा १२ लाख ६६ हजार ५०४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३३ हजार १४४ जनाको मृत्यु भएको छ।
अफ्रिकामा १ लाख ७२ हजार १८३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४ हजार ७८३ जनाको मृत्यु भएको छ। ओसियाना ८ हजार ८५७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, १२४ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्