स्वास्थ्य सेवा विभागका महानिर्देशकसहित ६ जनाको सरुवा
काठमाडौँ, जेठ २२ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले स्वास्थ्य सेवा विभागका महानिर्देशक सहित ६ जनाको जिम्मेवारी हेरफेर गरेका छन्।
बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री ढकालले विभागका महानिर्देशक रहेका महेन्द्रप्रसाद श्रेष्ठ, विभागका व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेललाई मन्त्रालय तानेका छन्।
श्रेष्ठको ठाँउमा डा। दीपेन्द्ररमण सिंह र डोटेलको ठाउँमा एड्स तथा यौनरोग केन्द्रका निर्देशक डा। रमेश खरेललाई पठाइने भएको छ।
यस्तै प्रसूतिगृह अस्पतालका निर्देशक डा। जागेश्वर गौतमलाई पनि मन्त्रालय सरुवा गरिएको छ भने उनको ठाउँमा कोशी अस्पतालका निर्देशक डा। संगिता कौशललाई ल्याइएको छ।
प्रतिक्रिया दिनुहोस्