प्रभु बैंकका सबै शाखा बुधवारदेखि सञ्चालनमा आए
काठमाडौं , जेठ २१ । प्रभु बैंकका सबै शाखा बुधवारदेखि सञ्चालनमा आएका छन् । लकडाउनका कारण सीमित मात्र शाखा खोली सञ्चालन गरिरहेको प्रभु बैंकले बुधवारदेखि सबै शाखा सञ्चालनमा ल्याएको बताएको छ ।
आइतवारदेखि बिहीवारसम्म विहाद ११ देखि दिउसो २ बजेसम्म र शुक्रवार बिहान ११ बजेदेखि दिउसो १ बजेसम्म उक्त कम्पनीका सम्पूर्ण शाखा खुला रहने बताएको छ ।
कोरोना भाइरससको जोखिमपूर्ण यस समयमा सम्पूर्ण ग्राहकहरुलाई कोरोना संक्रमण सम्बन्धि उक्त कम्पनीले अपनाएको सुरक्षा नीति पालना गरी सहयोग गर्नसमेत अनुरोध गरेको छ ।
सीमित मात्रामा शाखा सञ्चालन गर्दा ग्राहकहरुको भिड बढी भई संक्रमणको बढी जोखिम देखिएकाले सावधानी अपनाएर सबै शाखा सञ्चालनमा जोड दिएको उक्त कम्पनीले जानकारी दिएको छ ।
साथै बैंकिङ सेवा सञ्चालन गर्ने सम्बन्धमा स्थानिय निकायले कुनै निश्चित दिन र समय तोकिदिएको अवस्थामा सोहि अनुसार शाखा खुल्नेसमेत उक्त कम्पनीले सूचनामार्फत जानकारी गराएको छ ।
उक्त कम्पनीले हाल उपत्यकाभित्र ५६ ओटा र उपत्यका वाहिर १५२ ओटा गरि कुल २०८ ओटा शाखा कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्