एमसीसी खारेज गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं, जेठ २१ । लामो समयदेखि चर्चामा रहेको विषय हो , एमसीसी ! यसको चर्चा नेपालमा यति बेला ब्यापक रहेको छ । यसको कतिपयले सर्मथन जनाएका छन् भने कतिपयले सर्मथन पनि जनाएका छन् । यता अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न माग गर्दै बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।

विभिन्न दल निकटका भातृ संगठनले माइतीघरमा छुट्टाछुट्‍टै प्रदर्शन गरेका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी स‌ंगठनले पनि माइतीघरमा प्रदर्शन गरेको छ ।नेपाल क्रान्तिकारी माओवादीको विभिन्न भातृ संगठनले पनि बुधबार नै माइतीघरमा प्रदर्शन गरेको थियो ।

सरकारले जेठ १५ गते ल्याएको बजेटमा एमसीसी परियोजनासँग सम्बन्धित एउटा प्रशारण लाइनसमेत समावेश भएको छ । बुधबार माइतीघरमा प्रदर्शनकारीले एमसीसीलाई अस्वीकार गर्नुपर्ने औंल्याएका छन् । साथै उनीहरुले यसप्रति सरकार गम्भीर हुनु पर्ने र नभए कडा आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्